शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या

 साउन ६, २०७५ आइतबार १७:४९:१२ | उज्यालो सहकर्मी

पर्सा – जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर निवासी १८ वर्षकी बनिता चौधरीकाे हत्या अभियोगमा प्रहरीले त्यसै ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।

भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नम्बर ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बनिता चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन ।

उनी असार २८ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन । उनको प्रमेन्द्र चौधरीसँग प्रेम रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । अहिले गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै  आएका चौधरी  र बनिताबीच ३ वर्षदेखि माया प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।

असार २८ गते भलुवहीमा गंगोल नदी छेउको खरबारीमा १२ बजे उनीहरुबीच भेटघाट भएको थियो । त्यो भेटघाटमा उनीहरुबीच यौन सम्बन्ध समेत भएको थियो । प्रमेन्द्र चौधरीले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बनिताले इन्कार गरेकोले  हत्या भएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो  ।

प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरी घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडितिर झुण्डिएको सलले तानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले प्रमेन्द्र विरुद्ध कर्तब्य ज्यान मुद्धा चलाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया