‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
मोडलिङ हुँदै दुई वर्ष अघि सिनेमामा कदम राखेका अभिनेता आकाश श्रेष्ठले छोटो समयमा सिनेमाबाट राम्रो चर्चा हासिल गरेका छन् ।
आकाश अभिनित तेस्रो सिनेमा ‘ब्ल्याक’भदौ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनको चौथो सिनेमा ‘रामकहानी’ भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यतिबेला आकाश ‘ब्ल्याक’को प्रचार प्रसारमा जुटेका छन् । तर उनको चर्चा भने ‘रामकहानी’का कारण बढेको छ ।
‘रामकहानी’मा पूजा शर्माको जोडीको रुपमाकाम गरेका उनको यतिबेला पूजासँगै नाम जोडिएको छ ।
आकाशले शनिबार मात्रै ‘रामकहानी’को प्रचार प्रसारको लागि पूजासँग फोटोशुट गरेका छन् । उनीहरुले सिनेमाको पोस्टरको लागि राम र सीता बनेर फोटोशुट गरेका छन् ।
तर सिनेमामा आकाश रामको भूमिकामा प्रस्तुत भएका छन् भने अभिनेत्री पूजा मायाको भूमिकामा प्रस्तुत भएकी छिन् ।
सिनेमामा एक अर्काको जोडी बनेका उनीहरु वास्तविक जीवनमा पनि प्रेममा रहेका कुराहरु आइरहेका बेला आकाशले यसबारे मुख खोलेका छन् ।
यस विषयमा हालै आकाशले पूजा आफ्नो पार्टनर भएको खुलाएका छन् ।
कुराकानीमा उनले पूजालाई दिदी भन्न सहजै अस्विकार गरेर पूजा आफ्नो पार्टनर भएको बताए । उमेर र अनुभवले पूजा आकाशभन्दा जेठी छिन् ।
तर कुरै कुरामा आकाशले माया प्रेममा उमेरले फरक नपार्ने पनि बताएका छन् ।
सिनेमा प्रदर्शन हुनु अगाडि यस्ता कुरा आउनु राम्रो भएको भन्दै आकाशले यी सबै कुराले सिनेमा प्रमोशनमा सहयोग पुग्ने खुलाएका छन् ।
आकाशले पूजाले आफूलाई प्रेमीको रुपमा स्विकार गरेको खण्डमा आफूलाई कुनै पनि समस्या नहुने समेत उल्लेख गरे ।
उनले भने,‘पूजाले मलाई स्विकारे त मैले पनि पूजालाई स्विकार्नु पर्यो नि त ।’ यस हिसाबले आकाशले घुमाउरो पारामा पूजासँगको प्रेम स्विकारेका छन् भन्न सकिन्छ ।
उनले सिनेमाको प्रचार प्रसारको लागि नै भएपनि यतिबेला आफूहरु एक हुनुपर्ने बताएका छन् ।
उता पूजाले भने आफूहरु राम्रो साथी भएको खुलाएकी छिन् ।
आफूहरुबीच केटाकेटीवाला प्रेमभन्दा पनि मित्रता अनि टिमको सदस्य भएका कारण आफूलाई आकाशको माया लाग्ने खुलाईन् ।
उज्यालाे र गफगाफ डटकमकाे सहकार्य