भान डाइक र सलाहकाे गाेलमा लिभरपुल विजयी, तालिकामा १६ अङ्ककाे अग्रता

 माघ ६, २०७६ सोमबार ७:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – म्यान्चेस्टर युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा १६ अङ्कको अग्रता लिएको छ । भिर्गिल भान डाइक र मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले युनाइटेडमाथि दुई–शून्यकाे जित निकाल्यो ।

खेलको १४औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा गोलकिपर एलिसनले क्लियर गरेको बललाई मोहम्मद सलाहले गोलमा परिणत गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना प्रबल बनाएको छ । २२ चरणको खेल सकिँदा लिभरपुलले ६४ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४८ अङ्क छ । 

पराजित भएकाे म्यान्चेस्टर युनाइटेड ३४ अङ्कसहित पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया