बुढीगंगा गाउँपालिकामा कृषिको बजेट दुरुपयोग

 साउन ६, २०७५ आइतबार १९:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – बुढीगंगा गाउँपालिकाको कृषि शीर्षकको बजेट दुरुपयोग भएको छ ।

च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट  दुरुपयोग भएको हो ।

किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर किसानलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाएका छन् । गाउँपालिकामा च्याउ खेती गर्ने किसानहरुले किसानहरुकै लागि आएको रकमममा दुरुपयोग भएको भन्दै आपत्ति जनाएका हुन् ।

बुढीगंगा ७ मा रहेको नेपाल च्याउ उद्योगका सञ्चालक  सरोज नेपालले सरकारबाट किसानका लागि आएको रकम किसानलाई अनुदानमा दिनु पर्नेमा भए पनि गाउँपालिकाले मनपरी रुपमा खर्च गरेकाले आरोप लगाउनुभयो ।

च्याउनको बीउ उत्पादनमा सहयोग नगरेको,  किसानलाई आवश्यक  तालिम तथा च्याउ प्रशोधनको बारेमा समेत जानकारी नदिइएको किसानले गुनासो गरेका छन् ।

किसानहरुलाई उच्चस्तरिय तालिम दिइनु पर्ने, च्याउलाई प्रशोधन गर्ने वास्तविक किसानलाई  सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने  लगायतका माग च्याउ खेती गर्ने किसानहरुको छ ।

च्याउ खेती कृषक बिष्णुबहादुर मगरले किसानलाई गाउँपालिकाले सहयोग गरेमा च्याउ खेतीमा लाग्न प्रोत्साहन हुने र भारतीय बजारबाट आउने तरकारी रोकिने बताउनुभयो । गाउँपालिपाक कृषि विकास शाखाले भने ५ वटा फर्मलाई  ३ लाख ५० हजार रुपैयाँका दरले अनुदान अनुदान वितरण गरिएको जनाएको छ ।
नेपाल च्याउ उद्योगलाई २ लाख, श्रृष्टी कृषि फर्मलाई २५ हजार, ह्याप्पी फेमिली बचत तथा ऋण सहकारीलाई २५ हजार, अगुवा कृषक कृषि यान्त्रिकरण सहकारीलाई  ५० हजार र मदनपुर बहुउद्देश्यीय कृषि फर्मलाई ५० हजार रुपैयाँ वितरण गरिएको  गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाहेकका कृषिका बजेट गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले एकलौटी आफ्ना कार्यकर्तालाई मात्र दिने गरेको र वास्तविक किसानहरुले अनुदान, बीउ विजन तथा सहयोग नपाएको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया