अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रिय अध्यक्ष थापा

 साउन ६, २०७५ आइतबार २०:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले लामो समयदेखि थाति रहेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न हुनु नेपाली शिक्षक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको कुरा बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर समितिले नेपाल शिक्षक संगठन बाह्रौं  राष्ट्रिय अधिवेशनबाट नवनिर्वाचित राष्ट्रिय समिति र नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाअधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष तथा उपमहासचिवलाइ सम्मान गर्ने कार्यक्रममा यस्तो बताउनुभएको हो । 

विश्वनिकेतन मावि त्रिपुरेश्वरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष थापाले अब महासंघ अध्यापन अनुमतिपत्र भएर पनि तालीम नभएको बहानामा परीक्षाको अवसरबाट बञ्चित शिक्षकहरु, राहत शिक्षक, ७२ भन्दा पछि नियुक्त अस्थायी तथा करार शिक्षकहरु, लियन शिक्षक लगायतका शिक्षकहरु तथा बिद्यालय तहमा कार्यरत कर्मचारीहरुका समस्या समाधानको लागि अग्रसर रहने बताउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले चुनौतीपूर्ण परिस्थितिमा निर्माण भएको संगठनको गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै नेपाली शिक्षकका पेशागत हक, हित र नेपालको शैक्षिक सुधारमा उज्यालो भविष्य निर्माण गर्न आफ्नो तर्फवाट कुनैपनि कसर बाँकी नरहने विचार व्यक्त गर्नुभयो ।

उहाँले १७ थरीका शिक्षकहरु र उनीहरुका समस्या समाधान गर्ने जटिलता रहेकै अवस्थामा सरकारले अनुदान शिक्षकको नाममा १८औं प्रकारको शिक्षक थपेर समस्यालाई झन जटिल बनाएको प्रति आपत्ति पनि जनाउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा, उपाध्यक्ष तिलक कुँवर, उपमहासचिव कमला तुलाधर, नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा लगायत सम्पूर्ण बाह्रौै राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिका साथै यस वर्षको एसईई परीक्षामा सामुदायिक विद्यालयहरुमा उत्कृष्ट हुन सफल विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेललाई सम्मान गरिएको थियोे ।
 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Suraj sauf

    July 23, 2018, 5:35 a.m.

    समचार प्रकाशनका लागि उज्यालो अनलाइनलाइ धेरै धेरै धन्य

  •  0 Reply

तपाईको प्रतिक्रिया