धादिङ ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३२ जना घाइते

 माघ ७, २०७६ मंगलबार १७:४७:१८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको निलकण्ठ नगरपालिका-८ मा भएकाे ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । 

धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बाेकेकाे ट्रक दुर्घटना भएकाे  थियाे । घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने,  केहीलाई हेलिकप्टर मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेकाे जनाएकाे छ ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किँदै गरेको ट्रक निलकण्ठ नगरपालिका-८, ससाह ज्यामिरेमा सडकमै पल्टिएको हो। ट्रकमा झण्डै ४० यात्रु रहेको अनुमान गरिएको छ। ट्रकका चालक गम्भीर घाइते भएका छन्। 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया