सहमतिअनुसार भुक्तानी नदिएपछि उखु किसान फेरि आन्दोलनमा

 माघ ७, २०७६ मंगलबार २०:२७:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेकाे भन्दै उखु किसानहरुले बुधबारबाट फेरि आन्दोलन गर्ने भएका छन्।

सरकार र उखु किसान संघर्ष समितिबीच गएको पुस १८ गते माघ ७ गतेभित्र सबै किसानको उखु बिक्री बापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो । 

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले किसानसँग सरकारले गरेको पूर्व सहमति कार्यान्वयन नभएकाले सडक आन्दोलन गर्न लागेकाे जानकारी दिनुभयो।

उखु किसानले उद्योगबाट पाउनु  पर्ने १ अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएका छन्। सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपुर्ण सुगर मिल धनकौलले ३५ करोड , श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको ईन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

सोमबारसम्म महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् । 

सरकारले दिनु पर्ने १अर्ब ३४ करोड रुपैयाँ अनुदान रकम अहिलेसम्म उखु किसानले पाउन सकेका छैनन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया