जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सुर्खेत - आठ लाख रुपैयाँ घुससहित जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी सुुर्खेतमा पक्राउ परेका छन् ।
केसीलाई बिहीबार दिउँसो वीरेन्द्रनगर अख्तियार दुरुपयोग अनुुसन्धान आयोग सुर्खेत कार्यालयले पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिने क्रममा केसीलाई रंगेहात पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी मेघराज सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेका केसीमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।