सभामुख सापकोटा र चीनियाँ राजदूतबीच भेट

 माघ १३, २०७६ सोमबार १६:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि चीनियाँ राजदूत हाउ यान्छीले नव-नियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । साेमबार दिउँसाे सिंहदरबार पुगेर राजदूत यान्छीले सभामुख सापकोटासँग भेट गर्नु भएकाे हाे । 

सोमबार मात्रै सभामुखको सथपग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुग्नुभएका राजदूत यान्छीले सापकोटासँग करिब आधा घण्टा कुराकानी गर्नुभएको थियो । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । 

नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालमा रहेका कुटनीतिक नियोगको पहिलो व्यक्ति हुनुहुन्छ । सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया