अफगानिस्तानमा विमान दुर्घटना

 माघ १३, २०७६ सोमबार १७:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानमा साेमबार एक यात्रु वाहक विमान दुर्घटनामा परेकाे छ । पूर्वी गजनी प्रान्तमा दिउँसाे विमान दुर्घटना भएकाे बताइएकाे छ । 

एरियाना अफगान एयरलाइन्सकाे विमान दुर्घटना भएकाे भनिए पनि कम्पनीले भने आफ्नाे विमान दुर्घटनामा नपरेकाे जनाएकाे छ । 

अफगानिस्तानकाे समाचार संस्था एरियानाकाे अनुसार हेरात विमानस्थलकाे कन्ट्राेल टावरकाले दुर्घटनामा परेकाे विमान एरियाना अफगान एयरलाइन्सकाे भएकाे उल्लेख गरेकाे जनाएकाे छ । 

विमानमा ११० जना रहेकाे र याे हेरातबाट दिल्लीका लागि उडेकाे पनि कन्ट्राेल टावरले जानकारी दिएकाे पनि अफगानिस्तानकाे समाचार संस्था एरियानाले उल्लेख गरेकाे छ ।    

विमान दुर्घटनामा परेकाे क्षेत्र तालिबान नियन्त्रणमा रहेकाे क्षेत्र रहेकाे सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाकाे बारेमा यकिन जानकारी भने आइनसकेकाे बीबीसीले उल्लेख गरेकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया