प्रधानमन्त्रीबाट ‘नेपाली पोर्ट’ को शुभारम्भ

 माघ १३, २०७६ सोमबार १७:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको शुभारम्भ गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गर्नुभएको हो । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको विकास गरेका हुन् ।

नेपाली पोर्टको विकासपछि नेपाली भिषाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास अध्यागमन विभागले लिएको छ । नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीहरुको बायो मेट्रिक इन्फर्मेसन, इरिस, फिङ्गरप्रिन्ट र फोटोसमेत प्रणालीमा रहने छ ।

यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, बैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षामन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्बद्ध सूचानाहरु हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

भिषा आवेदन, विदेशी नागरिकको नेपाल बसाईको अनुगमन र भिसा दस्तुर तिर्न समेतसहज हुने विश्वास लिइएको छ । विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको फरेन्सिक डिटेक्सन ल्याबकोसमेत स्थापना गरिएको छ । अध्यागमन सुधार कार्यक्रम अन्तर्गत करिब २२ करोड खर्च हुने अनुमान गरिएकोमा अहिलेसम्म १६ करोड खर्च भएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया