स्टुआर्ट ब्रोडलाई आचार संहिता उल्लंघनबापत् आईसीसीकाे कारबाही

 माघ १४, २०७६ मंगलबार १६:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुआर्ट ब्रोडलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले जरिबाना गरेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो आचार संहिता उलंघन गरेको भन्दै आईसीसीले ब्रोडलाई खेलको १५ प्रतिशत म्याच फी जरिवाना लगाएको हो । चौथो टेष्ट अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा विपक्षी खेलाडीलाई अभद्र व्यवहार गरेको भन्दै आईसीसीले खेलको १५ प्रतिशत म्याच फी र एउटा पोइन्ट डी-मेरीट गरेको छ ।

आईसीसीको आर्टिकल दुई दशमलव तीन का आधारमा रहेर सो जरिवाना लगाइएको हो । ब्रोडले पछिल्लो २४ महिनामा दोस्रो पटक यस्तो कारबाही भोगेका हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया