नेपालबाट खेल्न पाउँदा खुशी लागेकाे छ : उपुल थारंगा

 माघ १५, २०७६ बुधबार ६:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आसन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो पटक नेपालमा खेल्न आउने तयारीमा रहेका श्रीलङ्काली खेलाडी उपुल थारंगाले नेपालमा खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।

ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्न नेपाल आउन लागेका थारंगाले क्रिकेटको विकास भैरहेको देश नेपालमा खेल्न पाउँदा उत्साहित रहेको र आउँदा वर्षमा पनि संलग्न हुने अपेक्षामा रहेको उल्लेख गरेका छन् ।

उनले नेपालको प्राकृतिक मनोरम हेर्नका लागि निकै उत्साहित रहेको र आफ्नो अनुभव युवा खेलाडीमाझ साट्नका लागि लालायित रहेको आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

थारंगाले श्रीलंकाबाट तीन वटै फर्म्याट खेलेका छन् । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-२० खेलेका छन । बायाँ हाते ब्याट्सम्यान थारंगाले सन् २००५ मा भारतविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । 

त्यही सिरिजमा एकदिवसीयमा डेब्यू गरेका थारंगाले टेस्टमा एक हजार सात सय ५४ रन बनाएका छन् भने र एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन् ।

उनले टी–२० मा भने २६ खेलमा मात्र चार सय ७ रन बनाएका छन् । टी–२० मा उनले सन् २००६ मा इङ्ग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । ललितपुरले याे सिजनमा विदेशी खेलाडीका रूपमा थारंगालाई ल्याएकाे हाे । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया