सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – टोरिनोलाई हराउँदै एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ ।
मङ्गलबार राति भएको क्वार्टर–फाइनलमा मिलानले अतिरिक्त समयमा दुई गोल गरेपछि टोरिनो चार–दुई गाेल अन्तरले पराजित भयो । मिलानको मैदानमा भएको खेलको अतिरिक्त समयमा ज्लाटन इब्राहिमोभिच र हाकन कालानोग्लुले गोल गरेका थिए ।
१२औँ मिनेटमा बोनाभेन्चुराले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा ग्लेसन ब्रेमरले गोल गर्दै खेल बराबरीमा पुर्याए । ७१औँ मिनेटमा ब्रेमरले अर्को गोल गरेपछि टोरिनोले अग्रता लियो । त्याे अग्रता ९० मिनेटसम्म कायम रह्यो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा बोनाभेन्चुराले गोल गर्दै खेल बराबरीमा पुर्याए । बराबरीपछि खेलमा आधा घण्टाको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको १६औँ मिनेटमा बोनाभेन्चुराले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई फेरि अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि ज्लाटन इब्राहिमोभिचले गोल गरेर मिलानलाई सेमिफाइनलमा पुर्याए । सेमिफाइनलमा मिलानले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ ।
खेल चलिरहँदा हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका 'लेजेण्ड' अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।