अपराजित मनाङ सङ्कटाविरुद्ध तीन अङ्क खाेस्ने प्रयासमा

 माघ १५, २०७६ बुधबार १२:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार एउटा मात्र खेल हुँदैछ ।

सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा दिउँसो तीन बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । 

गएकाे संस्करणको विजेता मनाङ लिग लिडर त्रिभुवन आर्मी क्लबभन्दा चार अङ्कले पछि छ । शीर्ष स्थानमा रहेको आर्मीको २० अङ्क छ भने मनाङको १६ अङ्क छ ।

उपाधि रक्षा अभियानमा मनाङलाई याे खेलकाे तीन अङ्क निकै महत्वपूर्ण छ । उसले आठ खेलमा चारमा जित र चारमा बराबरी खेलेको छ । याे सिजनकाे  लिगमा एक खेल पनि नहार्ने टिम मनाङ हो । त्यही अपराजित यात्रालाई कायम राख्दै मनाङ उपाधि रक्षा अभियानमा बलियो हुन चाहन्छ ।

गएकाे संस्करणको उपविजेता सङ्कटा भने यो संस्करणमा प्रभावशाली देखिएको छैन । आठ खेल सकिँदा सङ्कटाले तीन जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ । सङ्कटाले १२ अङ्क बनाएको छ ।

उपाधि जित्ने अभियानबाट बाहिरिसकेको सङ्कटा शीर्ष ६ मा स्थान बनाउने दाउमा छ । सङ्कटा छैटौँ स्थानको एनआरटीभन्दा दुई अङ्कले पछि छ ।एनआरटीको १४ अङ्क छ भने सङ्कटा १२ अङ्कसहित सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया