प्रदेश २ सरकारले सप्तरीको मलेठ घटनाको छानविन गर्ने

 साउन ७, २०७५ सोमबार १४:१६:२ | शैलेन्द्र महतो

धनुषा – प्रदेश नं.२ सरकारले सप्तरीको मलेठ घटनाको विषयमा छानविन गर्ने भएको छ । 

सोमबार बसेको प्रदेश नं. २ मन्त्रिपरिषदको बैठकले पाँचजनाको ज्यान जानेगरी भएको सप्तरीको मलेठ घटनाको छानविन गर्ने निर्णय गरेको हो ।  

घटना छानविनको लागि बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्रीस्तरीय कमिटी गठन गरेको छ । समितिमा समाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहनु भएको छ ।
 
छानविन समितिको सदस्य समितिको सदस्यसचिवमा  मुख्य न्यायाधीवक्ता कार्यालयका उपन्यायाधीवक्ता कृष्णप्रसाद बराललाई राखिएको छ ।
 
समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्रिपरिषदमा प्रतिवेदन गर्नेछन् । केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै सप्तरीमा राष्ट्रिय जनता पार्टीले आन्दोलन गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया