टिप्पर ठक्कर प्रकरण : राहत नपाए मृतकका आफन्तले सुर्खेतमा गाडी चल्न नदिने !

 माघ १५, २०७६ बुधबार १९:४३:३५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतमा टिप्परको ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तले राहतको माग गर्दै आज पनि प्रदर्शन गरेका छन् ।

हिजो वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक कालिकोटका केशरबहादुर सिंहको ज्यान गएपछि आफन्तले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् । आज बिहान र बेलुकी भएको वार्ता निष्कर्षविहीन भएपछि मृत्तकका आफन्तले प्रदर्शन गरेका हुन् ।

राहत नपाए भोलि सुर्खेतमा गाडी चल्न नदिने चेतावनी पनि दिएका छन् ।

ठक्कर दिने टिप्परका मालिक सम्पर्कमा नआएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो । हिजो टिप्परको ठक्करबाट मोटरसाइकल चालक सिंंहको ज्यान गएपछि आक्रोशित बनेका स्थानीयले टिप्परमा आगजनी गरेका थिए ।

प्रहरीको चेकपोष्टमा ढुंगामुढा गर्दा ५ जना प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो भने ढुंगामुढा लागेर २२ जना प्रहरी पनि घाइते भएका थिए।

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया