चीनले चार दिनमै बनायाे कोरोना भाइरस उपचारका लागि एक हजार शैय्याको अस्पताल

 माघ १५, २०७६ बुधबार २०:५७:५२ | एजेन्सी
unn.prixa.net

चीनले चार दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शय्याको आपत्तकालीन अस्पताल बनाएर उपचार थालेको छ ।

चीनको वुहान क्षेत्रमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या बढेपछि चीनले चार दिनमै  हजार शय्याको अस्पताल बनाएको डेली मेलले जनाएको छ । यो अस्पताल सञ्चालनमा आइसकेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण थप बढ्न थालेपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लैजान थालेका छन् । जापान, अमेरिका,बेलायत, फ्रान्स लगायत देशले आफ्ना नागरिकलाई फिर्ता लगेको छ । विमान चालक दलका सदस्यलाई यात्रुसँग सम्पर्क नहुने गरी उनीहरुलाई लगिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, बेलायतको विदेश मन्त्रालयले आफ्ना कुनै पनि नागरिकलाई चीनको वुहान भ्रमण नगर्न  आग्रह गरको छ । आजै ब्रिटिश एयरवेजले चीनको वुहानका सम्पूर्ण उडाहरु रद्द गरेको छ । कोरोना भाइरका कारण चीनमा अहिलेसम्म १३२ जनाको ज्यान गएको छ भने ६ हजारभन्दा धेरै संक्रमित भएका छन्।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया