मकवानपुरमा ६३ केजी गाँजा र अफिम बोकेकाे गाडीसहित दुई जना नियन्त्रणमा

 माघ १६, २०७६ बिहिबार २०:८:१२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर प्रहरीले ६३ केजी गाँजा र अफिम बोकेर पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको पिकअपसहित दुई जनालााई नियन्त्रणमा लिएकाे छ ।

हेटौँडा–१९ नेवारपाटीमा रहेकाे पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा जाँच गर्ने क्रममा प्रहरी टोलीले बुधबार राति साढे ९ बजे ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बारा पर्सौनी गाउँपालिका–६ का २८ वर्षीय रामजी साह तेली र आदर्श कोतवाला गाउँपालिका–२ का ३० वर्षीय प्रेम पटेल रहेका प्रहरीले जनाएकाे छ । बोलेरोको पछाडि भागमा फल्स बटम बनाएर लुकाइ ल्याएको २१ वटा प्लाष्टिकको पोकामा ६३ केजी गाँजा र ३ सय ग्राम अफिम भेटिएकाे हाे ।

मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्बरको पिकअप गाडी जाँच गर्दा प्रतिबन्धित गाँजा र अफिम फेला परेको मकवानपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया