भारतमा जारी महिला लिगमा सावित्रा एक्लैकाे पाँच गाेल : विपक्षी सात-शून्यले पराजित

 माघ १८, २०७६ शनिबार १७:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी महिला लिग फुटबल अन्तर्गत नेपाली खेलाडी सावित्रा भण्डारी सहभागी क्लब गोकुलम केरलाले फराकिलो जित दर्ता गरेको छ ।

शनिबार भएको खेलमा सावित्राको ५ गोलको मद्दतले गोकुलमले उडिसा पुलिसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यस्तै एग्बो एसपिरियन र ग्रेस लालहुनरले एक एक गोल थपेका थिए ।

यस सिजनमा सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अहिलेसम्म ११ गोल गरेकी छिन् । पहिलो हाफमा उनकै गोलबाट अग्रता लिएको गोकुलमले दोस्रो हाफमा सावित्राले मात्रै थप ४ गोल गरिन् । समूह बीमा लगातार तीन खेल जीतेको गोकुलम शीर्ष स्थानमा छ ।

गोकुलमले अब बेंग्लोर युनाइटेड एफसीसँग खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया