बस र माइक्रो ठोक्किँदा सुनसरीमा तीन जनाको ज्यान गयो

 माघ १९, २०७६ आइतबार ९:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीमा बस र माइक्रो आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी इनरुवाको पितृवना सडक खण्डमा बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र ना ६ ख ७९५ नम्बरको बस ठोक्किँदा माइक्रोका चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान खुलिनसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया