रिलायन्स चिनी उद्योगमा लागेको आगो अझै निभाउन सकिएन

 साउन ७, २०७५ सोमबार १८:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १६ मनहर्वामा रहेको रिलायन्स चिनी उद्योगमा लागेको आगो अहिलेसम्म पनि निभाउन  सकिएको छैन ।

चिनी मिलको पूर्वपट्टि उखु पेलेर थुपारिएको उखुको छोक्रा अर्थात भुसको थुप्रोमा सोमबार बिहान करिब साढे ११ बजेदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको सशस्त्र प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि उद्योग परिसरमा पुगेका वीरगञ्ज, कलैया, जितपुर, अमलेखगन्ज र भारतको रक्सौलका गरी ६ वटा वारुण यन्त्रको सहयोगमा वारुण यन्त्रण्का अग्नि नियन्त्रक , नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो निभाउने प्रयास गरिरहेको भए पनि नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले भुसको थुप्रोमा लागेको आगो, उद्योगको प्लान्टसम्म नपुगोस् भनेर पनि अथक प्रयास गरिरहेको बाराका प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिनुभयो । भुसमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको बारेमा यकिन हुने उहाँले बताउनुभयो ।

आगलागीको कारण पनि अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया