जथाभावी नबोल्न प्रधानमन्त्रीलाई कांग्रेस नेता पौडेलको चेतावनी

 साउन ७, २०७५ सोमबार १८:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफूहरुको सरकार विरोधी आन्दोलन सुरु गर्नु परेको पनि स्पष्ट पार्नुभयो । सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी ओलीलाई देश र नागरिकप्रति जवाफदेही हुन पनि सचेत गराउनुभयो ।

वरिष्ठ नेता पौडेलले नागरिकको विरोधको आवाजमाथि जबरजस्ती प्रतिबन्ध गराउने कोसिस भइरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो । गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुने गरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महंगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खबरदारी गरिरहेको दाबी गर्नुभयो । लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया