महिला राष्ट्रिय लिग फुटबल : आर्मीले पुलिसलाई १–० ले हरायो

 साउन ७, २०७५ सोमबार १८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीले पहिलो खेलमा नै जित निकालेको छ ।

आर्मीले अर्को विभागीय टिम पुलिसलाई १–० ले पराजित गर्दै ३ अंक बटुलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापाको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेल सकिन ८ मिनेट बाँकी हुँदा थापाले आर्मीका लागि गोल गरीन् । जुन आर्मीलाई तीन अंक बटुल्न प्रयाप्त बन्यो ।

यस्तै आजै भएको अर्को खेलमा रौतहटले काठमाडौलाई ४–० ले पराजित गरेको थियो । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा रौतहटले ४ गोल गरेको हो ।

रौतहटका लागि  लागि रश्मीकुमारी घिसिङले ह्याट्रिक गरेकी थिइन् । उनले ५०,५६ र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै ६८ औं मिनेटमा मनिसा राउतले एक गोल थपिन् ।

 

अाजबाट सुरु भएकाे प्रतियोगितामा आर्मी र पुलिससँगै एपीएफ, काठमाडौं र रौतहट समावेश छन् । लिग विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया