च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं – चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।
डाक्टर गोविन्द केसीको अनसन २४ दिन पुग्दा पनि सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलन गरी चिकित्सक संघले रेजिडेन्ट चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार गर्ने जनाएको छ । त्यस्तै संघले देभरका स्वास्थ्य संस्थामा ओपीडी टिकट, रसिद तथा बिल बहिष्कार गर्ने जनाएको छ । त्यस्तै बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्ने चिकित्सक संघले जनाएको छ ।
त्यस्तै काठमाडौंमा रहेका सबै डाक्टरहरु हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनसन बस्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ ।