पारस र सन्दीप टी–२० वरीयतामा दुई स्थान तल झरे

 माघ २१, २०७६ मंगलबार ७:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को टी–२० वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२०मा १२औँ स्थानमा छ । यसअघि पनि नेपाल १२औँ स्थानमा नै थियो । 

नेपाल टी–२० वरीयतामा ११ औँ स्थानसम्म पुगेको छ । टी–२० विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–२० काे खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२औँ स्थानमा छन् । यसअघि उनी ६०औँ स्थानमा थिए ।  

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थान थिए । अलराउण्डरतर्फ पारस २७औँ, सोमपाल कामी ६५औँ र करण केसी ७५औँ स्थानमा छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया