महोत्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई युवकको ज्यान गयो

 माघ २३, २०७६ बिहिबार १९:४८:४८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीकाे छुट्टाछुट्टै ठाउँमा भएका मोटरसाइकल दुर्घटनामा परेर दुई युवकको ज्यान गएको छ । 

बिहीबार दिउँसो पिपरा गाँउपालिकामा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किँदा पालिकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै ज्यान गएको हाे । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेकाे ज १ ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज ७ प ८५४५ नम्बरको मोटरसाइकल ठाेक्कि‌ँदा दुर्घटना भएको हो । 

मृतक शर्माको शव परीक्षणको लागि जलेश्वर अस्पतालमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ । 

यस्तै, बुधबार राति महोत्तरीको गौशाला–सम्सी सडकखण्ड अर्न्तगत औरही नगरपालिका–४ कुधारमा भएको सडक दुर्घटनामा २२ वर्षीय उमेश यादवको ज्यान गएको थियाे । 

दुर्घटनामा गम्भीर घाइते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

प्रहरीका अनुसार यादवले चलाउँदै आएको बीआर ३० ई ७६९९ नम्बरको मोटरसाइकल बाटोको छेउमा रोकिराखेको ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको टयाक्टरसँग ठोक्कि‌एकाे हाे । 

टयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरट्ठले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया