प्रदेश १ को पाँचौँ अधिवेशन सुरु : नामाकरणको विषयमा सहमति खोज्दै मुख्यमन्त्री

 माघ २३, २०७६ बिहिबार २१:४:१० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएको छ । प्रदेश १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने संसदहरुले आवाज उठाएका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका नेताहरुले बोल्ने क्रममा प्रदेशको नाम यसै अधिवेशनबाट टुङ्ग्याउनु पर्ने बताएका हुन् ।
संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भईसकेको अवस्थामा समेत प्रदेशले नाम पाउन नसकेको अवस्थामा अधिवेशनले पहिचानको आधारमा नाम दिनु पर्ने बताउनुभयो ।

राप्रपाकी सांसद इन्दिरा राईले  नामाकरणको नाममा अधिवेशनमा पेश हुने विस्वाश व्यक्त गर्दै सबैलाई समेट्ने गरी नामाकरण गरिनुपर्ने बताउनुभयो ।

समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पहिचानको विषय अहिले पनि उठेको अवस्थामा प्रदेशको नामराख्दा सबैलाई मान्य हुने गरी राख्न सुझाव दिनुभयो । 

नाम राख्ने विषय ढिलो भएकोमा ढिलो भएको स्मरण गर्दै यादवले जनताको भावनाको आधारमा नाम राख्न उपयुक्त हुने दोहोर्याउनुभयो । उहाँले संविधानको मूल मर्म र भावनालाई ख्याल गर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सरकारले प्रदेशको नामको बिषयमा प्रदेश सरकारले चासै नदिएको पो होकी भन्ने आशंका व्यक्त गर्नुभयो । 
उहाँले नामकोभन्दा पनि अधिकारको विषयलाई जोड दिनुभयो । 

 उहाँले कानुन निर्माणमा अब्बल रहको प्रदेश सभाले बनाएको कानुन कार्यान्वयन भए नभएको प्रभावकारी अनुगमनको खाँचो रहेको औंल्याउनु भयो ।

सहमतिमा नाम

प्रदेश सभालाई सम्बोधन गर्दै  नेकपा संसदीय दलका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम सहमतीको आधारमा  ल्याइने बताउनु भएको छ । 
प्रदेश सभाको चारवटा अधिवेशन सकिँदा पनि प्रदेशको नाम जुराउन नसकिएको स्वीकार गर्दै मुख्यमन्त्री राईले सबैको चासो र सरोकारको विषय भएकोले ढिला भएको  सदनलाई जानकारी दिनुभयो ।

‘यो विषय सजिलो छैन’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘दुईवटा संविधान सभाले टुङ्ग्याउन नसकेर प्रदेश सभाको थाप्लोमा आएको हो ।’

प्रदेशको नाम यो हिउँदे अधिवेशनबाट प्रवेश गर्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।  

प्रदेशको नाम सहमतिको आधारमा तय गर्नको लागि औपचारिक र अनौपचारिक रुपमा छलफल गरेर सहमतिको बिन्दु पहिल्याउने काम भइरहेको साथै प्रदेशको राजधानीसँग सम्बन्धित संरचना निर्माण गर्नको लागि जमिन खोज्ने र संरचना निर्माण गर्ने काम पनि सुरु हुने राईले बताउनु भयो।

अन्तिम अपडेट: चैत २७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया