प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भ्रष्टाचार गर्ने दोषी जो कोहीलाई पनि कारबाही हुनुपर्ने बताउनु भएको हो ।
मालपोतमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री दोषी नहुने भन्दै उहाँले बदमासी गरेको दोषी हुने र कारबाहीको भागिदार हुने बताउनुभयो। अहिले अख्तियारले गरेको अध्ययन र भ्रष्टाचारको मुद्दा लगाउने काम पार्टीप्रति पूर्वाग्रह राखेर नगरिएको उहाँको भनाई छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।