कम्युनिष्ट सरकार अधिनायकवादी भयो : सिंह

 साउन ८, २०७५ मंगलबार १२:५२:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेपाली काग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले  शान्तिपूर्ण आन्दोलनमा सरकारले दमनको अधिनायकवादी चरित्र देखाएको टिप्पणी गर्नुभएको छ । 

नेपाल प्रेस यूनियन डोटी शाखाले मंगलबार डोटीको दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भन्नुभयो, ‘सरकारको अधिनायकवादी चरित्र रोक्न मात्रै कांग्रेस लागि परेको छ,अन्य हाम्रो स्वार्थ केही छैन ।’ नेता सिंहले आफ्नो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताउनुभयो । उहाँले भन्नु भयो ‘वर्तमान सरकार कम्युनिष्ट मानिसकताबाट सरकार सञ्चालन गर्न खोजिएको छ, हामी त्यसको कहिल्यै साथ दिदैनौँ ।’

पत्रकार सम्मलेनमा बोल्दै उहाँले नागरिकका माग लिएर सत्याग्रहमा बस्नु भएका डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि आफ्नो पार्टीले दबाब दिँदै आएको दाबी गर्नुभयो । उहाँले डाक्टर गोविन्द केसीका जायज मागहरु तत्काल पूरा गर्दै केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भैरहेका कारण सरकारका गतिविधिको कांग्रेसले सामना गरिरहेको उहाँको भनाई थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उहाँले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पार्नुभयो । त्यस्तै कम्युनिष्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उहाँको सुझाव थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया