मेस्सीको कमाइ रोनाल्डोको भन्दा झण्डै दोब्बर, सर्वाधिक कमाउने प्रशिक्षकमा सिमोन

 माघ २६, २०७६ आइतबार १४:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको कमाइ युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर बढी रहेको एक अध्ययनले देखाएको छ ।

मेस्सीले फुटबलबाट मासिक ८ दशमलव ३ मिलियन युरो कमाइ गर्छन् भने रोनाल्डोको मासिक कमाइ ४ दशमलव ५ युरो छ ।

त्यस्तै धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा पीएसजीका खेलाडी नेयमार रहेका छन् । उनको मासिक कमाइ ३ मिलियन युराे रहेको छ भने बार्सिलोनाका फरवार्ड स्वारेज र ग्रिजम्यानको कमाइ झण्डै ३ मिलियन युराे रहेको छ ।

सुचिको छैटौँ स्थानमा रियल मड्रिडका गेरेथ बेल र इडेन हाजार्ड रहेका छन् । जसको मासिक कमाई २.५ मिलियन युराे रहेको बताइएको छ ।

त्यस्तै सर्वाधिक कमाइ गर्ने प्रशिक्षकमा एट्लेटिको मड्रिडका डिएगो सिमोनले रियल मड्रिडका जिनेदिन जिदानलाई पछि पारेका छन् ।

सिमोनको कमाइ मासिक ३ दशमलव ६ मिलियन युरो रहेको बताइएको छ । रियल मड्रिडका जिनेदिन जिदानले मासिक १ दशमलव ४ मिलियन युरो कमाउने अध्यनले देखाएको छ । 

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको कमाइ १ दशमलव ९ मिलियन युरो तथा टोटनह्यामका जोसे मोरिन्हो र लिभरपुलका क्लोप दुवैले मासिक १ दशमलव ४६ मिलियन कमाइ गर्दै आइरहेका छन् ।

विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया