मेराे शतक नेपाली समर्थकलाई, यस्ताे 'क्राउड' अहिलेसम्म देखेकाे थिइँन : ओमानी क्रिकेटर अकिब

 माघ २६, २०७६ आइतबार २०:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओमानका ब्याट्सम्यान अकिब इलासले नेपालविरुद्धकाे शतक नेपाली समर्थकलाई समर्पित गरेकाे बताएका छन् ।

अकिबले नेपाली समर्थकको खुलेर प्रशंसा गर्दै उनीहरूकाे साथले नै यति ठूलाे लक्ष्य भेट्याउन सफल भएकाे बताए । उनले पाेस्ट म्याचमा भने, 'नेपालमा जस्तो क्रिकेट समर्थक मैले अहिलेसम्म देखेकाे थिइँन र जीवनमा मैले देखेको सबैभन्दा राम्रो क्षण नै यही हो ।'

समर्थकले हाैसला गर्ने तरिका र राम्रो खेलेपछि गर्ने व्यवहार सबैभन्दा राम्रो कुरा भएकाे इलासले बताए । 'हामीले राम्राे खेल्याै र नेपालले पनि राम्राे खेल्याे । मैले जिन्दगीमा अहिलसम्म यस्ताे क्राउड देखेकाे थिइँन', उनले भने । 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भयाे । नेपालले दिएकाे दुई सय ५० रनकाे लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । 

नेपालविरुद्धकाे खेलमा ओमानका अकिब इलासले एकदिवसीयमा पहिलाे अन्तर्राष्ट्रिय शतक प्रहार गरे ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया