पहिलो पटक फाइनलमा पुगेको बङ्गलादेशले भारतलाई हराउँदै उचाल्यो यू-१९ विश्वकपको उपाधि

 माघ २६, २०७६ आइतबार २२:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आईसीसी विश्वकप यू-१९ क्रिकेटको उपाधि बङ्गलादेशले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको बङ्गलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले पराजित गरेको हो । 

भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बङ्गलादेशले नयाँ लक्ष्य पाएको थियो । ४६ ओभरमा १७० रनको नयाँ लक्ष्य बङ्गलादेशले ७ विकेट गुमाएर पूरा गरेको थियो ।

पहिलो विकेट ५० रन हुँदा गुमाएको बङ्गलादेशले ८५ रन जोड्दा ५ विकेट खेर फालेको थियो । बङ्गलादेशका पर्वेज हुसेन इमोनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले अविजितन ४३ रन बनाए । तान्जित हसनले १७ रन जोडे ।

भारतका रवि विश्नोईले ४ विकेट लिँदा सुशान्त मिश्राले २ विकेट लिएका थिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७ ओभर दुई बलमा एक सय ७७ रनमा अलआउट भयो ।

भारतका तीन खेलाडीले मात्र दोहोरो अङ्क जोड्न सके । ओपनर एसस्वी जैसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ तथा ध्रुब जुरेलले २२ रन बनाए । 

बाँकी खेलाडी राम्रो रन बनाउन सकेनन् । भारतका आठ खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । 

भारतको पारीलाई कमजोर पार्न बंगलादेशका अभिशेख दाशले तीन तथा सोरिफुल इस्लाम र तान्जिन हसन सकिवले दुई-दुई विकेट लिए । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया