इन्टरमिलान इटालियन सिरिएको शीर्ष स्थानमा

 माघ २७, २०७६ सोमबार ७:५०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटालियन सिरिएमा इन्टरमिलान शीर्ष स्थानमा उक्लिएको छ । दुई गोलले पछि परेको इन्टरमिलानले एसी मिलानको पोस्टमा चार गोल फर्कायो । 

जितसँगै इन्टरमिलान शीर्ष स्थानमा उक्लिन सफल भएको छ । इन्टर शीर्षमा उक्लिँदा युभेन्टस भने गोल अन्तरका आधारमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । 
इन्टरमिलानको मैदानमा भएको खेलमा पहिलो हाफ एसीमिलानको पकडमा रह्यो । जसमा ज्लाटन इब्राहिमोभिचले एउटा गोल र एउटा एसिस्ट गरे ।

४०औं मिनेटमा इब्राहिमोभिचको पासमा एन्टे रेबिचले गोल गर्दै एसीमिलानलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा यान्निक केस्सीको पासमा इब्राहिमोभिचले हेडरमार्फत गोल गर्दै एसी मिलानलाई दुई गोलको अग्रता दिलाए ।

दोस्रो हाफ भने घरेलु टिमको पकडमा रह्यो ।

५१औं मिनेटमा मार्सेलो ब्रोजोभिचले उत्कृष्ट भलि प्रहार गर्दै इन्टरलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि माटियास भेसिनोले एलेक्सिस सान्चेजले मिलाइदिएको बललाई गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । 

७०औं मिनेटमा स्टेफान डि भ्रिज र इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरमिलानलाई ४–२ को जित दिलाए ।

पराजयपछि एसी मिलानले भने छैटौं स्थानमा उक्लिने मौका गुमाएको छ । अहिले एसी मिलान ३२ अंक सहित १०औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया