पाकिस्तानका युवा बलर नसीमले बनाए विश्व कीर्तिमान

 माघ २७, २०७६ सोमबार १६:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानका तीव्र गतिका युवा बलर नसीम शाहले बङ्गलादेशविरुद्ध ह्याट्रिक गरेर विश्व कीर्तिमान बनाएका छन् ।

बङ्गलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन १६ वर्षीय नसीमले पाहुना टोलीका तीन खेलाडीलाई लगातार तीन बलको शिकार बनाए ।

नसीम टेस्ट क्रिकेटकाे इतिहासमा ह्याट्रिक लिने सबैभन्दा कान्छा बलर बनेका छन् । नसीमभन्दा अघि यो विश्व कीर्तिमान बङ्गलादेशका लेग स्पिनर आलोक कपलीले बनाएका थिए । सने २००३ मा कपलीले १९ वर्षकाे उमेरमा याे कीर्तिमान बनाएका थिए । 

नसीमले रावलपिण्डिमा खेलिएकाे टेस्टमा खेलको ४१औँ ओभरमा कीर्तिमान बनाए । उनले पहिलो ओभरको चौथाे, पाँचौँ र छैटाैँ बलमा क्रमशः नजमुल हाेसैन शान्ताे, ताइजुल इस्लाम र महमुदुल्लाहलाई आउट गरे।

गएकाे वर्ष नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरेका नसीम डिसेम्बरमा श्रीलङ्काविरुद्ध टेस्टमा पाँच विकेट लिने सबैभन्दा कान्छो तीव्र गतिका बलर बनेका थिए । 

यी दुई देशबीचकाे निर्णायक तथा दाेस्राे टेस्ट कराचीमा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया