‘एउटा राजा जसलाई अहिले हिँड्न पनि सहारा चाहिन्छ'

 माघ २८, २०७६ मंगलबार ८:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लिजेण्ड फुटबल खेलाडी पेले अब घरबाहिर निस्कनका लागि पनि सङ्कोच मान्न थालेका छन् ।

७९ वर्षे पेले अहिले अस्वस्थ छन् । यही कारणले गर्दा पनि उनी घर छोडेर कतै निस्किन अप्ठेरो मान्ने गरेको उनका छोरा इडिन्होले बताएका छन् ।

गएकाे वर्ष युरिनरी इन्फेक्सन भएपछि उनलाई अस्पताल लगिएको थियो । अहिले उनकाे कम्मरमा पनि समस्या आएको छ । जसका कारण उनी अरुको सहयोगबिना यताउता पनि हिँड्न सक्दैनन् ।

उनलाई ह्वीलचेयर अनिवार्य जस्तै भइसकेको छ । केही सार्वजनिक कार्यक्रमहरुमा पनि पेले ह्वीलचेयरमा देखिएका छन् ।

पेलेले करियरमा कुल १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्, जुन कीर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । तीन पटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका पेलेले ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोलसमेत गरेका छन् ।

पछिल्लो समय उनको स्वास्थ्य अवस्था दयनीय बन्दै गइरहेको छ । ‘एउटा राजा जसलाई अहिले हिँड्न पनि सहारा चाहिन्छ, यो अवस्था उहाँलाई सह्य छैन,’ पेलेका छोराले भने ।

‘उहाँ अहिले कमजोर हुनुभएको छ । उहाँको कम्मरको समस्याका कारण हिँडडुल गर्न निकै कठिन छ । जसका कारण उहाँलाई डिप्रेसन जस्तै भएको छ,’ इडिन्होले थपे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया