दिल्ली विधानसभा चुनाव : भाजपाले अग्रता बढायाे, काे अघि, काे पछि ?

 माघ २८, २०७६ मंगलबार १०:४८:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ । 

दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर हुने देखिएको छ । 

सुरुवाती मतगणना चलिरहँदा याे समाचार तयार पार्दासम्म कुल ७० सिटमध्ये आम आदमी पार्टीले ३९ सिटमा अग्रता लिइरहेको छ भने भाजपा १९ सिटमा अघि देखिएको छ । 

दिल्ली विधानसभा चुनाव यो वर्षको पहिलो चुनाव हो । एग्जिट पोल्सले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याउने देखाएको छ । 

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले सुरुवाती मतगणनामा अग्रता लिइरहेको छ । भारतीय जनता पार्टी (बीजेपी) ले पनि सन् २०१५ को तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ । 

मतगणना चलिरहँदा केही हाई प्रोफाइल उम्मेदवारमाथि सबैको ध्यान गइरहेको छ । 

आम आदमी पार्टीका सौरभ भारद्वाज ग्रेट कैलाश विधानसभा सिटबाट भारतीय जनता पार्टीकी शिखा रायभन्दा अघि छन् । 

अरविन्द केजरीवाल नयाँ दिल्ली विधानसभा सिटबाट भारतीय जनता पार्टीका सुनील कुमार यादवभन्दा अघि छन् । केजरीवाल प्रतिद्वन्द्वी सुनील यादवभन्दा चार हजार मतले अगाडि रहेका छन् ।

त्यस्तै राजिन्दर नगर सिटबाट आम आदमी पार्टीका राघव चड्ढा भारतीय जनता पार्टीका सरदार आर पी सिंहभन्दा धेरैले अघि छन् । 

कालका जीबाट आम आदमी पार्टीकी आतिशी भारतीय जनता पार्टीका धरमबीर सिंहभन्दा पछि रहेका छन् । 

बल्लीरामनबाट आम आदमी पार्टीका इमरान हुसैन भारतीय जनता पार्टीकी लताभन्दा पछि छन् । 

मटिया महलबाट आम आदमी पार्टीको टिकटमा चुनावमा प्रतिस्पर्धा गरिरहेका शोएश इकबाल काङग्रेसका मिर्जा जावेद अलीभन्दा अघि छन् । 

तिमारपुर विधानसभाबाट दिलीप पाण्डे, भारतीय जनता पार्टीका सुरिन्दर पाल सिहंभन्दा अघि छन् । 

दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । भाजपा भने मात्र तीन सिटमा सीमित भएकाे थियाे ।

आम आदमी पार्टी, भाजपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भनिए पनि एग्जिट पोलका अनुसार काङ्ग्रेस निकै कमजोर देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया