राहुलकाे शतकमा भारतले दियाे न्युजिल्याण्डलाई २ सय ९७ रनकाे लक्ष्य , 'ह्वाइटवाश' हुनबाट जाेगिएला ?

 माघ २८, २०७६ मंगलबार १२:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोलीसामु २ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केएल राहुलकाे शतकीय योगदानपछि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो ।

राहुलले १ सय १३ बलमा १ सय १२ रन बनाएर आउट हुँदा नौ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै श्रेयस अय्यरले ६२, मनिष पाण्डेले ४२ र पृथ्वी शाले ४० रन जोडे ।

बलिङतर्फ हमिस बेनेटले चार विकेट लिए भने केल जेमिसन र जेम्स निसमले एक–एक विकेट लिए ।

यसअघि भएकाे पहिलाे एकदिवसीय र दाेस्राे एकदिवसीयमा भारत क्रमशः चार विकेट र २२ रनले पराजित भएकाे थियाे । याे खेल पनि हारेकाे खण्डमा न्युजिल्याण्डले भारतमाथि 'ह्वाइटवाश' गर्नेछ । 

पाँच खेलकाे टी–२० श्रृङ्खला भने भारतले ह्वाइटवास गरेकाे थियाे । अब यी दुई टिमले दुई वटा टेस्ट खेल्नेछन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया