काेराेना सङ्क्रमितकाे सङ्ख्या घट्न थाल्याे, खाेप बनाउन अझै केही समय लाग्ने

 फागुन १, २०७६ बिहिबार ६:४४:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितकाे सङ्ख्या घट्न थालेका छन् ।

सङ्क्रमित हुनेकाे सङ्ख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकामा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका चिनियाँ अधिकारीले बताएका छन् । 

गएको डिसेम्बर महिनाकाे अन्त्यतिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसका कारण चीनमा ११ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने ४४ हजार ६ सय जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने जानकारी दिनुभएको हो । 

उनले भनिन्, 'मलाई लाग्छ हामी भ्याक्सिन बनाउन सक्छाैँ तर यसका लागि केही समय लाग्न सक्छ, याे एकै रातकाे काम हाेइन ।'

चीनमा ४२ हजारभन्दा बढीमा देखिएको यो भाइरसको सङ्क्रमण २५ भन्दा बढी देशमा पनि देखिइसकेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया