काेराेनाकाे त्रास : फागुनका लागि तय भएकाे फोर नेसन्स कप फुटबल प्रतियोगिता रद्द

 फागुन १, २०७६ बिहिबार १७:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मदन भणडारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने भनिएको फोर नेसन्स कप फुटबल प्रतियोगिता कोराेना भाइरसको त्रासका कारण रद्द भएको छ ।

फागुन १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौमा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघको प्राविनअगाडि यो प्रतियोगितामा अफगानिस्तान रधिक सहयोगमा दशरथ रङ्‌गशालामा हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, पाकिस्तान र माैरिसस सहभागी हुने बताइएको थियो । तर केही दि माैरीससले सहभागिता नजनाउने बताएका थिए ।

अहिले आएर कोरोना भाइरसबाट त्रसित भएर कुनैपनि देश नेपालमा खेल्न नआउने बताइएको छ । कोरोनाको डरले टिमहरू सहभागी टोलीहरू नेपाल आउन डराएको मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।

पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता राउन्ड रोबिन लिगमा हुने र शीर्ष दुई टोलीले फाइनलमा पुग्ने  तथा प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार डलर दिने भनिएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया