डढेलोबाट निस्किएको धुँवाले लामो समय स्वास्थ्यमा असर गर्ने : अध्ययन

 फागुन ३, २०७६ शनिबार ६:३७:२५ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डढेलोबाट निस्किएको धुँवाले लामो समय स्वास्थ्यमा असर गर्ने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताले वयस्क बाँदरमा गरेको अध्ययनले डढेलोबाट निस्किएको धुँवाले लामो समय स्वास्थ्यमा असर गर्ने देखाएको बीबीसीले जनाएको छ । प्राकृतिक रुपमा डढेलो लागेको १२ वर्षसम्म गरिएको अध्ययनले डढेलोको धुवाँमा परेका वयस्क बाँदरको प्रतिरक्षा प्रणाली कमजोर रहेको देखाएको हो ।

डढेलो लागेको १२ वर्षसम्म बाँदरको रगत परीक्षण गरिएको र फोक्सोको अवस्था जाँच अनुसन्धानकर्ताले बताएका छन् । यसले जनावरको अर्को पुस्तालाई पनि असर गर्ने देखाएको छ । यो अध्ययनले डढेलोले बालबालिकाको स्वास्थ्यमा पर्ने असरबारे अध्ययन गर्न प्रेरित गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयमा प्रस्तुत गरिएको अध्ययले ब्राजिल, अस्ट्रेलिया र क्यालिफोर्नियामा लागेको डढेलोको अध्ययन गरिएको छ । मौसममा आएको परिवर्तनले विश्वका धेरै भागमा सुक्खा हुँदा यस्ता डढेलो लाग्नु सामान्य हुने पनि अध्ययनले देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया