हाइटीकाे एउटा अनाथालयमा आगो लाग्दा पन्ध्र बालबालिकाको ज्यान गयो

 फागुन ३, २०७६ शनिबार ७:६:२२ | एजेन्सी
unn.prixa.net

हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ ।

राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएको बीबीसीले जनाएको छ ।

१३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय इन्स्टिच्युट फर साेसियल वेलफेयरका निर्देशक एरिएल जाेन्टी भिल्ड्रेनले अनुमति बिनै सञ्चालन गरिएको अनाथालयमाआगलागीका बेला ६० जना बालबालिका रहेकाे जानकारी दिए । बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ ।

धर्मको प्रचार गर्दै आएको अमेरिकाकाे पेन्सिल्भानियामा रहेकाे चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन । अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया