इराककाे राजधानी बगदादमा अमेरिकी दूतावास नजिक फेरि रकेट आक्रमण

 फागुन ४, २०७६ आइतबार १०:२:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि रकेट आक्रमण भएको छ । 

अमेरिकी सैन्य सूत्रका अनुसार यो आक्रमण अमेरिकी सम्पत्तिमाथि क्षति पुर्‍याउनु थियो । यद्यपि कति वटा रकेट प्रहार भएको थियो र के कति क्षति पुगेको छ भन्ने बारेमा स्पष्ट भइसकेको छैन । 

एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको बताएका छन्, जहाँ अमेरिकी मिसन रहेको छ । 

गएको अक्टोबर २०१९ पछि यो १९औँ आक्रमण थियो । यसअघि पनि अमेरिकी दूतावासलाई निसाना बनाउँदै आक्रमण हुँदै आएको थियो । 

गएको महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो । त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए । 

पछिल्लो समय अमेरिका–इरानबीच विवाद बढ्दै गएको छ । अमेरिकाले बगदादमा ड्रोन आक्रमणबाट इरानका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका–इरान तनाव उत्कर्षमा छ । 

६२ वर्षीय सुलेमानी इरानका शीर्ष नेता आयातुल्लाह खामेनेयी पछिका इरानका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया