आईसीसी टी–२० वरीयता : सन्दीप र करणले सुधार गरे

 फागुन ५, २०७६ सोमबार १७:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व टी–२० वरीयतामा नेपाल १२औँ स्थानमा यथावत् रहेको छ । व्यक्तिगततर्फ करण केसी र सन्दीप लामिछानेले सुधार गर्दा पारस भने यथावत् स्थानमै रहेका छन् ।

आईसीसीको नयाँ वरीयतामा अलराउण्डरतर्फ पारस खड्का २७औँ स्थानमा यथावत् रहेका छन । करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा पुगेका छन् । यस्तै सोमपाल कामी ६५औँ स्थानमा यथावत् रहेका छन् ।

ब्याटिङमा पनि पारस खड्का ६२औँ स्थानमा यथावत् रहेका छन् । एक महिनाभन्दा अगाडिको वरीयतामा पारस ६०औँ स्थानमा थिए ।

बलिङतर्फकाे वरीयतामा नेपालका एक्लो खेलाडी सन्दीप लामिछाने ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया