ट्र्याक्टरबाट खस्दा पाँचथरमा एक जनाको ज्यान गयो

 फागुन ५, २०७६ सोमबार २०:६:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कुम्मायक गाउँपालिका ३ मा ट्र्याक्टरबाट खस्दा एक जनाको ज्यान गएको छ ।

सदरमुकाम फिदीमबाट कुम्मायक जाँदै गरेको लु १ त ४९६९ नम्बरको ट्र्याक्टरबाट खस्दा कुम्मायककै ५३ वर्षीय आशबहादुर लिम्बुको ज्यान गएको हो । 

ट्र्याक्टरबाट गम्भीर घाइते हुनुभएका लिम्बुकाे जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापा लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख चन्द्रकुमार बस्नेतले ट्र्याक्टरका चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया