जब इजरायली सैनिकलाई युवतीकाे तस्बिरले लाेभ्यायाे...

 फागुन ६, २०७६ मंगलबार ९:४५:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक गरिएको इजरायली सेनाले जनाएको छ । 

सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो । 

तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्याक हुनसक्छ भनेर थाहा पाएनन् । 

इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना सैनिकको स्मार्टफोन ह्याक गरेको बताएको छ । 

गजा क्षेत्रमा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजरायलबीच पुरानो दुस्मनी रहँदै आएको छ । 

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सेनाको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मकै जटिल प्रयास थियो । 

उनले भने, ‘उनीहरुले आफ्नो क्षमता बढाएको बारेमा हामी देखिरहेका छौँ र सोचिरहेका छौँ ।’

कर्नेल कार्निकसका अनुसार ह्याकरहरुले मुश्किलले हिब्रु भाषा बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरेका थिए । 

सैनिकसँग साथी बनिसकेपछि ती युवतीले केही लिङ्क पठाउँदै त्यसको माध्यमबाट आफ्नो तस्बिर पठाउन सक्ने बताएका थिए । 

तर त्यो कुनै भाइरस थियो, जो स्मार्टफोन ह्याक गर्न सक्षम थियो ।    

त्यो लिङ्क एकपटक क्लिक गरेपछि ह्याकहरुले स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस सहजै पाउँथे ।  

यतिमात्र नभइ फोनलाई नियन्त्रण पनि गर्न सक्छ र फोन प्रयोगकर्तालाई जानकारी नै नदिइ तस्बिर खिच्न र आवाज रेकर्ड गर्न सकिन्छ । 

कर्नेल कार्निकसले इजरायली सेनालाई यस बारेमा महिनाअघि थाहा भएको थियो र यसलाई आफ्नै निगरानीमा चल्न दिइएको थियो । पछि यसलाई बन्द गरियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया