प्रधानाध्यापकविरुद्ध एकैदिन भ्रष्टाचारका तीन उजुरी

 फागुन ६, २०७६ मंगलबार १६:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गोरखाको सिरानचोक-१ मा रहेको नेपाने माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध विशेष अदालत काठमाण्डौमा जिल्ला अदालतमा एकैदिन तीन वटा भ्रष्टाचारको उजुरी परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सब-इन्जिनियर विकास झा विरुद्ध मुद्दा दायर गरेको हो । 

प्रधानाध्यापक साहले विद्यालयका लागि विभिन्न शीर्षकमा आएको ५ लाख ९५ हजार ४ सय रुपैयाँ अनुदान गलत कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

यस्तै शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर विकास झाले प्रधानाध्यापक साहसँग मिलेर विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । 

यसैबीच जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ र किताब खरिद शीर्षकमा निकासा भएको रकम पनि प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारले जनाएको छ । 

साहले विभिन्न शीर्षकमा कागजात तयार गरी लाइब्रेरीको ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ । साहले जिल्ला शिक्षा कार्यलय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि भन्दै साढे २ लाख रुपैयाँ पनि हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया