निजगढमा विमानस्थल बनाउन राज्यलाई बल प्राप्त भएको छ : राष्ट्रपति भण्डारी

 फागुन ६, २०७६ मंगलबार १५:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा उत्पादन र पर्यटनका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।

रौतहटको मौलापुरमा मधानी महायज्ञको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनलाई जोड दिएर समृद्ध प्रदेशको आधार बन्न सक्ने बताउनुभयो ।

राैतहट पूर्व पश्चिम राजमार्गसँग जोडिएकाले यहाँ पर्यटन पूर्वाधार बनेमा पर्यटकको आकर्षण झनै बढ्ने राष्ट्रपति भण्डारीको भनाइ छ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेमा विदेशी पर्यटक आउन सहज हुने उहाँले बताउनुभयो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयले गरेको सहयोगले राज्यलाई बल पुगेको उहाँको भनाइ छ । ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीयको साथ र सहयोग रहेको पाइएको छ, यसले राज्यलाई बल प्राप्त भएको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया