स्वास्थ्यमन्त्री ढकालद्धारा खरिपाटी क्वारेन्टाइनको निरीक्षण

 फागुन ६, २०७६ मंगलबार १६:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटी क्वारेन्टाइनको निरीक्षण गर्नुभएकाे छ । क्वारेन्टाइन व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित अरु सुरक्षाकर्मीसँग ब्रिफिङ लिनुभएको छ । 

क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २ सय ५० जनाको टोली अहोरात्र खटिरहेका छन्। कन्ट्रोल रुमबाट सम्बोधन गर्दै उद्दार गरिएका नेपालीलाई उहाँले सरकार आफ्ना नागरिकप्रति सचेत र जिम्मेवार रहेको बताउँदै सरकार सधै नागरिकको साथमा रहेको बताउनुभयो । 

स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा केही समस्या अप्ठ्याराे परे तुरुन्तै व्यवस्थापनमा जुटेका टोलीलाई जानकारी गराउन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया