एनएनआईपीए अवार्ड : काे काे बने उत्कृष्ट खेलाडी?

 फागुन ६, २०७६ मंगलबार १८:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने गरेको वर्षको उत्कृष्ट खेलाडी पुरस्कार अन्तर्गत आर्चरीमा तिलक पुन मगर उत्कृष्ट बनेका छन् ।

यस्तै एथ्लेटिक्समाअजित कुमार यादव उत्कृष्ट ठहरिए । उनले युथ एशियाली खेलमा नेपाललाई ऐतिहासिक पदक दिलाएका थिए । स्वास्थ्यका कारण घरेलु भूमिमा भएको दक्षिण एशियाली खेलकुद गुमाएका उनी पछिल्लो पटक मध्यम दूरीमा अब्बल खेलाडी मानिन्छन् ।

यस्तै ब्याटमिन्टनमा दिपेश धामी, बास्केटबलमा मनिश उपाध्याय, बक्सिङमा पुनम रावलअवार्ड जिते । रावलले महिला बक्सिङमा पछिल्लो पटक उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

यस्तै फेन्सिङतर्फ वर्ष ओमकार सिंह, फुटबलतर्फ त्रिभुवन आर्मीका भरत खवास  उत्कृष्ट घाेषित भए । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर खवास हालैमात्र ए डिभिजन लिगमा उत्कृष्ट स्ट्राइकर बनेका थिए । उनलाई पूर्व कप्तान हरी खड्का र राजुकाजी शाक्यले अवार्ड प्रदान गरे ।

त्यस्तै, गल्फतर्फ टंकबहादुर कार्की तथा जुडोमा इन्द्र श्रेष्ठ उत्कृष्ट भए । उनलाई नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले अवार्ड प्रदान गर्नुभयाे ।

कबड्डीमा मेनुका कुमारी राजवंशीले, कराँतेमा विजय श्रेष्ठ, कुराश खेलमा उपेन्द्र थापा, लन टेनिस तर्फ प्रेरणा कोइराला उत्कृष्ट खेलाडी बने ।

यसै क्रममा इन्डोनेसियाको जाकार्तामा एशियाडमा रजत जितेकाे नेपाली  प्याराग्लाइडिङ टाेलीमा सम्मिलित विमल अधिकारी उत्कृष बने भने पेन्याक्स्ल्याण्टका उत्कृष्ट खेलाडी गोविन्द चौधरी बने ।

विजेतासबैलाई जनही दश हजार रूपैयाँ प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्को संस्करण थिमीमा गर्ने घोषणा गर्नुभयाे । यसअघि यो कार्यक्रम टोखा र भक्तपुरमा भइसकेकाे छ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया